Psalms 14:1-3
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
1मूर्खले ▼▼भजनसंग्रहअनुसार नैतिकताको कमी भएको व्यक्तिलाई मूर्ख भनिन्छ।
आफ्नो मनमा भन्छ,“परमेश्वर छँदैछैन।”
तिनीहरू भ्रष्ट छन्, तिनीहरूले नीच काम गर्दछन्;
असल काम गर्ने कोही पनि छैन।
2याहवेहले स्वर्गबाट
सबै मानिस जातिलाई हेर्नुहुन्छ,
यो जान्नलाई कि कोही त समझदार होला,
जसले परमेश्वरको खोजी गर्दछ।
3तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन् ▼;
असल गर्ने कोही छैन;
एक जना पनि छैन।
Copyright information for
NpiNCV