‏ Psalms 53:1-3

सङ्गीत निर्देशकको निम्ति, महलत
शीर्षक: सम्भवतः एक साङ्गीतिक शब्द
शैली, दावीदको मस्किल।
शीर्षक: सम्भवतः एक साहित्यिक वा साङ्गीतिक शब्द।

1मूर्खले आफ्नो मनमा भन्छ,
“परमेश्‍वर छँदैछैन।”
तिनीहरू भ्रष्‍ट छन्, र तिनीहरूका चाल लाजमर्दो छ;
असल काम गर्ने कोही पनि छैन।

2परमेश्‍वरले स्वर्गबाट
सबै मानिस जातिलाई हेर्नुहुन्छ
यो जान्‍नलाई कि कोही त समझदार होला,
जसले परमेश्‍वरको खोजी गर्दछ?
3तर हरेक मानिस भड्किगएका छन्, सबै जना भ्रष्‍ट भएका छन्;
असल गर्ने कोही छैन,
एक जना पनि छैन।
Copyright information for NpiNCV