‏ Psalms 95:7-11

7किनकि उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ;
अनि हामी उहाँको खर्कका प्रजा र
उहाँको रेख-देखमा रहेको बगाल हौँ।

यदि आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,
8“तिमीहरूले मेरीबामा
जसको अर्थ हो झगडा
गरेजस्तो आफ्नो हृदय कठोर नपार;
जस्तो तिमीहरूले त्यस दिन मरुभूमिमा भएको मस्सामा
जसको अर्थ हो परीक्षा गर्नु
गरेका थियौ,
9जहाँ तिमीहरूका पुर्खाहरूले मलाई परीक्षा गरे;
तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मेरो जाँच गरेका थिए।
10चालीस वर्षसम्म म त्यस पुस्तासँग रिसाएँ,
र मैले भनेँ, ‘यी यस्ता मानिसहरू हुन्, जसका हृदय बरालिएर जान्छन्,
र तिनीहरूले मेरा मार्गहरू चिनेका छैनन्।’
11यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ,
‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।’ ”
Copyright information for NpiNCV